दुई वर्ष पछि पोखरामा २८ औँ विश्व आदिवासी दिवस मनाइँदै

पाेखरा | साउन २०, २०७९

दुई वर्ष पछि पोखरामा २८ औँ विश्व आदिवासी दिवस मनाइँदै

२८ औँ विश्व आदिवासी दिवसको अवसरमा पोखरामा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले भव्यताका साथ मनाउने भएको छ । 

 

संघले श्रावण २४ गते आ-आफ्नो जातिय मौलिक झाँकी  सहित विशाल र्‍याली  गर्ने समेत आयोजना गरेको छ । संघले पोखरामा पत्रकार सम्मेलन गरेर कोभिडका कारणले रोकिएको  विगतको कार्यक्रमलाई निरन्तर दिँदै कार्यक्रम गर्न लागिएको जनाएको हो  । कारोना महामारीका कारणले संघले दुई वर्षदेखि कार्यक्रम गरेको थिएन् l

 

पहिचान, पहुँच, प्रतिनिधीत्वर समावेशीकरणको लागि आदिबासी जनजाति आन्दोलन जाति, भाषा अमर संस्कृति संरक्षणको लागि देश व्यापी राष्ट्रिय जागरण नाराका साथ महासंघले देश व्यापी रूपमा कार्यक्रम गर्न लागेको कास्की जिल्ला अध्यक्ष मानेन्द्र कुमार मलिले बताए । चिप्लेढुंगाबाट सुरूभएको र्‍याली नेपाल मगर संघ कास्कीको भवनमा पुगि औपचारिक कार्यक्रम गरिने  पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

 

संयुक्त राष्ट्र संघको आदिवासी जनजाती हेर्ने कार्यदलको सन १९८२ डिसेम्वरमा स्वीट्जरल्याण्डमा बसेको पहिलो बैठकबाट हरेक ९ अगष्ट लाई विश्व आदिबासी  दिवसका रुपमा मनाउने निर्णय भएको थियो ।

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...

थप पढ्नुहोस्

काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।  बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

थप पढ्नुहोस्